३ लाख बढी संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ । यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने