थप दुई कम्पनीको मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलतबार दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५५७ रुपैंया ३९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ६४१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, नेशनल लघुवित्तको ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १३४ रुपैंया ८१ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबारको अन्तिम कारोबार १ हजार २२० रुपैंयाको आधारमा मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा नै बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने