आज कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

??????????????????????????????????????????????????????????

काठमाडौं । मंगलबार पनि सुनको भाउ स्थिर छ । नेपाली बजारमा छापावाला सुनको भाउ आज १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् सोमबार पनि सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि नै सुनको मूल्य स्थिर छ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ पुगेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?