अर्थमन्त्री पुनले मागे पुँजी बजार विस्तारको कार्ययोजना

काठमाडौं। अर्थ मन्त्रालय पुँजी बजार विस्तारका लागि सुझाव माग गरेको छ। मन्त्रालयले पुँजी बजारसँग सम्बन्धित संस्थाहरुका नाममा परिपत्र गर्दै पुँजी बजारको विकास तथा विस्तारका लागि सुझाव उपलब्ध गराउन भनेको हो।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पुँजी बजार विस्तारका लागि सरोकारवालाको रायसमेत सुझाव तथा कार्य योजना माग गरेका हुन्।

‘देशको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सरोकारवालाको रायसमेत ७ दिनभित्र कार्ययोजना पेस गर्न मन्त्रीज्युको निर्देशनअनुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने