फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आज (आइतबार)देखि डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपियाँ निर्धारण गरेको छ । यसअनुसार आवेदकले न्यूनतम भाउ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

आवेदन दिनुपर्नेछ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्ने गरी दिनुपर्नेछ । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने