८ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।

बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ ।ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

यस ऋणपत्रको साँवा भुक्तानी ३० फागुन २०८८ मा हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा लगानीकर्ताले पाउने छन् ।

नागरिकले आवेदन दिँदा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा गई खरिद गर्न चाहेको रकमको २।५० प्रतिशत रकम राष्ट्र बैंकको खाता नं। १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्र प्रतिलिपीसहित विभागमा अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

यो विकास ऋणपत्र नेप्सेका सूचीकृत भई कारोबारमा आउने छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण समेत लिन सकिन्छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने