यस्तो छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर र युरोको भाउ घटेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले घछेको हो। बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो।

बुधबार स्थिर रहेको युरोपियन युरोको भाउ आज १५ पैसाले घटेको छ। बिहिबार एक युरोको खरिददर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३७ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसामा कारोबार भएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २५ र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७७ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९४ पैसा र बिक्रीदर २८ रूपैयाँ ०७ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने