काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बुधबार बजार ९.३३ अंकले बढेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, स्वरोजगार लघुवित्तको ८.७० प्रतिशत, जोशी हाइड्रोपावरको ८.६७ प्रतिशत, गुर्खाज फाइनान्सको ८.०९ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।