खानीखोला हाइड्रोपावरले हकप्रद शेयर ल्याउने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर ल्याउने भएकाे छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासन अनुमति मागेको हो ।

खानीखोला हाइड्रोपावरले चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद बिक्री खुला गर्नेछ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने