सेयर बजार फेरि ओरालोतिर

3d red arrow down in business graph on white

काठमाडौं । सोमबार सर्किट ब्रेक लागेको सेयरबजार एक दिन पनि टिकेन । आज नेप्से ७० अंकले ओरालो लाग्यो ।

अघिल्लो दिन सोमबारमात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मंगलबार ७०।३१ अंकले घटेर २००७।६९ बिन्दुमा रोकिएको हो । यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँको कारोबार भयो ।

आजको कारोबारमा बोटल्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा भने, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।

सोमबार सेयरबजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो । भने, दोस्रो सर्किट ब्रेकपछि खुलेको बजार एक मिनेट नहुँदै पुनस् सर्किट ब्रेक लगेपछि सोमबारको दिनभरको कारोबार नै बन्द भएको थियो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने