सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागको हो । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।

अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो