माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले चैत १३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने