प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव २५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो