रिडी पावर कम्पनीको हकप्रद बिक्री खुला

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आज फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १स्०।५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस निष्काशनमा चैत्र ८ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो