फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो