सहभागीताको लागि आह्वान

काठमाडौं । अपाङ्गता क्षेत्रमा सेवारत संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा विकास शिल्ड् राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० प्रतियोगिता सुरु हुने भएको छ ।

सुन्दरढोका साथी सेवा संस्थाले अपांगता खेलकुदको विकास तथा प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्ने लागेको हो ।

उक्त प्रतियोगिता यहि फागुन २० र २१ गते आइतबार र सोमबारका दिन पोखरा रङ्गशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटमा हुने भएको छ ।

सुन्दरढोका साथी सेवाद्वारा उक्त प्रतियोगिता ‘विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियसिप–२०८०’ भव्यका साथ सफल पारिदिन आह्वान गरिएको छ ।

Related posts

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल