प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ ।

यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह