नामिबियामाथि नेदरल्यान्ड्सको फराकिलो जित

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले ७ विकेटको क्षतिमा १८८ रन जोड्यो।

नामिबियाका लागि जान फ्राइलिंकले २७ बलमा ४२ रन र जान ग्रिनले २० बलमा नटआउट ४२ रन बनाए। यद्यपी लगतार विकेट जाँदा नामिबिया जित नजिक भने पुग्न सकेन।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतमा १३५ रन जोडे। उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित