सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो । 

तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता सेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको सेयर मूल्य घटेको छ । 

सात कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका सेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता सेयर किनबेच भनेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने