सर्वोत्तम सिमेन्टको आईपीओ १० लाख भन्दा धेरैले भरे

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ भर्ने साढे ९ लाख भन्दा धेरैको हात खाली हुने भएको छ । कम्पनीको आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२ हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत