नबिल बैंकको ३० लाख थान ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र सूचिकृत भएको छ ।

नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ