IPO

सर्वोत्तम सिमेन्टको आइपीओ : तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा आज तस्रो दिन अर्थात मंगलबार साँझसम्ममा१० अर्ब २२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा ५ लाख २४ हजार ७८ आवेदकले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा १०.२० गुणा बढी आवेदन हो । कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी