सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्तालाई नगद नै लाभांश दिने निर्णय गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत (करसहित) नगद लाभांश दिने भएको हो ।

लाभांशको प्रस्ताव भने आगामी साधारणसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो