बढ्यो सेयर बजार, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । सेयर बजारले फेरि २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९।३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।

समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ । केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३।५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०।३ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, उत्पादन २१७, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ७७ र ब्यापार समूह २९ अंक बढे । अन्य ०।९, जीवन बीमा ८, होटल तथा पर्यटन २।८ र फाइनान्स समूह ५ अंक घटे । बोटलर्स नेपाल बालाजु र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

सामलिङ पावरको ९।२, बोटलर्स नेपाल तराईको ८।७, गुराँस लघुवित्तको ८, धौलागिरि लघुवित्तको ७।९, हिमालयन पावर पार्टनरको ६।३ तथा हिमालयन हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो । चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । कालिन्चोक दर्शनको ४।३, मोलुङ हाइड्रोपावरको ३।५ र खानीखोला हाइड्रोपावरको ३।१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो