सेयर बजारमा बृद्धि, २ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० को विन्दुमा बन्द भएको हो।

आज  ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १६७ कम्पनकिो सेयरभाउ बढेको छ भने ७५ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ८.१६ प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्स ७ करोड ७५ लाख रुपैयाँ,शिवम सिमेन्ट ६ करोड ६७ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ६ करोड २६ लाख रुपैयाँ,सन नेपाल लाइफ ६ करोड १८ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ४ करोड ७ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ३ करोड ८८ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ६८ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ३ करोड ४३ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ३ करोड २१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने