नेदरल्याण्ड्ससँगको हारपछि के भन्छन् मुख्य प्रशिक्षक मोन्टी ?

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदानमा हार व्यहोर्दा दुस्ख लागेको बताएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले घरेलु मैदानमा खेलेका ४ मध्ये ३ खेलमा हार व्यहोरेको छ ।

नेपाल नेदरल्याण्डस र नामिबिया सहभागी सिरिजमा नामिबियाले ३ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जित्यो । नेपालले भने जम्मा एक खेलमात्र जित्यो । आइतबार नेदरल्याण्डससँग ८ विकेटले पराजित भएपछि पत्रकारहरुसँगको कुराकानीमा मुख्य प्रशिक्षक मोन्टीले आगामी खेलहरु भने योजना बनाएर खेल्ने बताए ।

‘घरेलु मैदानमा हार्दा सधैँ दुस्ख लाग्छ’, उनले पत्रकारहरुसँग भने, ‘लिग टु साइकल धेरै चुनौतीपूर्ण हुन्छ । योजना बनाउनुपर्छ ।’

नेपालका कप्तान रोहित पौडेलले लिग टुमा नेपालले राम्रो सुरुवात गरे पनि निरन्तरता दिन नसकेको बताए । ‘हामीले गल्तीहरुबाट सिक्नुपर्छ’, उनले भने ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल अगावै १७२ रनमा अलआउट भएको थियो । १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले २ विकेट गुमाएर ३७।५ ओभरमा पूरा गर्‍यो ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित