अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक

काठमाडौं । सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक भएको हो।

प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, साहित्यकार ओम रिजाल, पूर्ण रावल, आस्था केसी र महेन्द्र अटलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्य परियारले अछामी भाषाको गजल संग्रह नेपाली साहित्यमा स्थापित गजल संग्रह होस भन्ने कामना गरेका छन्। उनले साहित्यलाई राजनीतिसंगै जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। साहित्यकार रावलले गजल संग्रह नेपाली साहित्य क्षेत्रमा महत्वपुर्ण गजल संग्रहका रुपमा स्थापित हुने बताए। साहित्यकार रिजालले पिडा, प्रेम, कुण्ठा, रिसको ओटालोका रुपमा आएको बताए।

अछामी भाषामा लेखिएको गजल संग्रह ओटालोको प्रकाशन कुईकाले मिडिया प्रालीमार्फत भएको हो। सुदूरपश्चिम प्रदेश अन्तरगत अछामको ढकारी गाउपालिका दुई हिच्मामा जन्मिएका गजलकार रिमाल अहिले संघीय राजधानी काठमाडौंमा बसेर पढाइ संगसंगै विद्यार्थी राजनीतिक गर्दै आएका छन् भने साहित्यमा कलम पनि चलाउदै आएका छन्।

गजलकार रिमालका अनुसार गजल संग्रहमा अछामी भाषाका ६७ वटा गजल समेटिएका छन् ।

Related posts

कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

सुदूरपश्चिम महोत्सवमा एक लाख ४० हजारका नक्कली टिकट फेला