आज कुन देशको मुद्रा कतिका हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ । त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा रहेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने