IPO

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आइतबार (फागुन १३) गतेदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्कासन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपियाँ भाउमा आईपीओ जारी गर्न लागेको हो ।

यसमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी