प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । प्रभु् बैंक लिमिटेडले विभिन्न १४ संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता, उमा अधिकारीको २० हजार ३६४ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता, गजेन्द्र लाल श्रेष्ठको ४ हजार १०० कित्ता, सागर अधिकारीको ८३ हजार ८ कित्ता तथा एस.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को एक लाख १३ हजार ४३५ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

त्यसैगरी, संस्थापक शेयरधनी सागर ढकालको ९ हजार ५७१ कित्ता, देवेन्द्र श्रेष्ठको ९ हजार १०० कित्ता, वीरेन्द्र रावलको एक हजार ५५२ कित्ता, बि.के. विनायक प्रा.लि. को दुई लाख ८४ हजार ८६२ कित्ता, पुष्कर पण्डितको ८६ हजार ४६४ कित्ता, परितोष प्रसाद पाण्डेको २४ हजार ५८५ कित्ता, परिश्रुत प्रसाद पाण्डेको २६ हजार ३५० कित्ता र तिलक राम ज्ञवालीको १९ हजार ७०७ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक सेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको मापदण्ड पुरा हुने आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र शेयरधनीले खरिद आवेदन नदिएको खण्डमा प्रस्तावित शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह