एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । एनआइसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले अन्तत: बैंक छाडेका छन् । पाण्डेको राजीनामा फागुन ९ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

पाण्डेले गत माघ २४ गते बुधबार बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए । पाण्डेले लामो समय बैंकमा जागीर खाएको र अब बाकी रहेको समय आफ्नै व्यवसाय गर्ने इच्छा जाहेर गर्दै सिइओ रोशनकुमार न्यौपानेसमक्ष राजीनामा बुझाएका थिए ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले तत्कालीन लक्ष्मीबैंक र अन्य बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला