२ लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का भएको छ । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

दुवै संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार सुरु फागुन २४ गतेदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह