सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम भने बढ्यो

3d red arrow down in business graph on white

काठमाडौं । सेयर बजारमा ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बजार २०।७६ अंकले घटेको हो ।

उक्त दिन बजार बजार परिसूचक २ हजार दशमलव ८३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार पनि २ हजार २६ दशमलव ५९ अंकको बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

आज फाइनान्स समूह ६।०९ अंक, उत्पादन तथा प्रशोधन समूह ६७।५४ अंकले वृद्धि भएको छ । तर, यी बाहेकका अन्य सबै समूह भने राताम्य बनेका छन् ।

बुधवारको तुलनामा आज कारोबार रकम भने वृद्धि भएको छ । बुधवार २ अर्ब २४ करोड बढीको कारोबार भएको आज भने ३ अर्ब नाघेको छ । आज ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँ बराबरको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच भएको छ ।

आज पनि सर्वाधिक कारोबारको पहिलो सूचीमा हिमालयन रिइन्स्योरेन्स नै छ । उक्त दिन कम्पनीको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँ बराबरको सेय किनबेच भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनान्सको पनि १४ करोड १ लाख १० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो