चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ ।

सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन् ।

तर चैतदेखि भने व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ८ प्रतिशत दिएका बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशतसम्म दिन सक्नेछन् । यहीं व्यवस्थाका कारण चैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्न जानेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने