घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

??????????????????????????????????????????????????????????

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो