कामना सेवा विकास बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ९३९ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरी संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ ।

यो सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीह्रुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले आवश्यक कागज प्रमाण संलग्न गरी ज्ञानेश्वर काठमाण्डौमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयर गर्न चाहेको सेयरको संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समय सिमाभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बेंकले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने