बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आजका लागि चाँदीको भाउ १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?