नामिबियाविरुद्ध नेपाल १६८ रनमै लाउत

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

Related posts

१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा