त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सोमबार भारतीय नागरिक ३५ वर्षीय सरिफ अहमद अब्दुल गफूरलाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट नेपाल आएका थिए । तीनवटा प्लास्टिकका पोकामा कुल अन्दाजी तौल ८५५ ग्राम सुनसहित गफूरलाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका गफूर र बरामद सुन आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?