यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समितिमा समूह ‘क’बाट प्रतिनिधित्व गर्ने अजाद श्रेष्ठ, प्रणव कुमार दास (सीजी फुड्स नेपाल), बलराम खनाल (चौधरी ग्रप) र समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचित गरेको छ ।

सभाले संचालक समितिका अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला