लसुनको भाउ बढ्यो

काठमाडौं । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३।७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो ।

हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ । नेपालमा हाल नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

हाल बजारमा आपूर्ति हुने लसुन अधिकांश चीनको लसुन रहेको उनको भनाई छ । नेपाली लसुन केही भेटिए पनि बिग्रिएको हुने उनले बताए ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने