टिकटक माथिको प्रतिवन्ध हटाउने प्रधानमन्त्रीको संकेत

LONDON, ENGLAND - FEBRUARY 28: In this photo illustration, a TikTok logo is displayed on an iPhone on February 28, 2023 in London, England. This week, the US government and European Union's parliament have announced bans on installing the popular social media app on staff devices. (Photo by Dan Kitwood/Getty Images)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो संकेत दिएका हुन् ।

‘‘टिकटकले सरकारलाई सामग्री नियमन, प्वाइन्ट अफ कन्ट्याक्ट ९सम्पर्क कार्यालय० स्थापना, डेडिकेटेड रिपोर्टिङ सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ,’’ उनले भने ‘‘​र, पुनःसञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरुले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल पनि गरिरहेका छन् । टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने चैं होइन ।’’

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको समेत जानकारी दिए ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल