सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् ।

विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सुरक्षित कारोबार सम्बन्धी कानुन संशोधन आवश्यक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Related posts

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक