आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोकियो

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिफारिस गरेको छ । आयोग उपाध्यक्षको नेतृत्वमा रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट १८ खर्बको ल्याउने गरी तयारी गर्न मन्त्रालयलाई सिफारिस गरेको छ ।

बजेट निर्माणका लागि आवश्यक छलफलमा १८ खर्ब बजेट बनाउन सुझाव आएको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले नेपालमा अझै पनि चुस्त दुरुस्त खर्च गर्न समस्या हुने गरेको बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा माघ मसान्तभित्र आगामी वर्षको बजेटको सीमा निर्धारण गर्नु पर्ने भए पनि फागुन ४ गते सिलिङ सार्वजनिक गरिएको हो ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल