डिप्रोक्स लघुवित्तद्वारा सेयरधनीका लागि बोनस सेयर घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्तले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । बिहीबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

त्यस्तै कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल १६ करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश प्रदान हुनेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह