ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

??????????????????????????????????????????????????????????

काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा १५ सय घटेको छ ।

सोमबार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा झरेको थियो । आज बुधबार फेरि १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलाको ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३६५ रुपैयाँ कायम भएको हो ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?