छ महिनामा २४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । नेप्सेमा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २७१ पुगेको छ । अर्थमन्त्रालयले चालू वर्षको बजेटको अर्धवर्षिक मूल्यांकन गर्दै सुरुदेखि २०८० को पुस मसान्तसम्मको अवधिमा उक्त संख्याका कम्पनी सूचीकृत भएको हो ।

२०८० असार मसान्तमा २०८४ अंक बिन्दुमा रहेको नेप्से परिसूचक पुस मसान्तमा आइपुग्दा २१२० अंकमा आइपुगेको विषयलाई अर्थमन्त्रालयले प्राथमिकतामा राखेको छ । आजको कारोबार अवधिमा भने नेप्से परिसूचक २०७५ अंकमा छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने