‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआइसी एसिया बैंक उत्कृष्ट’

काठमाडौं । एनआइसी एसिया बैंकबारे प्रकाशित तथा प्रसारित समाचार भ्रामक रहेको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्ण रूपमा कपोकल्पित तथा असत्य रहेको स्पष्ट पारेको छ।

बैंकका मुख्य सूचकांकहरू ९सञ्चालन मुनाफा, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपातलगायत०मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवं बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्टमध्येमा पर्दै आएको बैंकले जनाएको छ।

बै‌ंकका अनुसार संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ओभरअल फाइनान्स इन्डिकेटरमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलतालगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाइमा छ।

कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्कोसमेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदाझैँ एकताबद्ध, दृढ, एवं रूपान्तरणकारी रहेको बैंकले दाबी गरेको छ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…