सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?