वाणिज्य बैंकको ब्याजबाटै ९६ अर्ब आम्दानी, ग्लोबल पहिलो

काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म ९६ अर्ब २४ करोड ब्याज आम्दानी गरेका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ८२ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए।

बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो। जुन, गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ८६ करोड बढी हो।

नेपाल बैंकले पुस मसान्सम्म ४ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ७२ करोड, नबिल बैंकले ८ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ५४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६३ करोड, हिमालयन बैंकले ५ अर्ब ८२ करोड र नेपाल एसबीआई बैंकले २ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको छ।

त्यसैगरी, एभरेष्ट बैंकले ३ अर्ब ६३ करोड, एनआईसी एसिया बैंकले ५ अर्ब २१ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ६३ करोड, कुमारी बैंकले ५ अर्ब ९८ करोड, लक्ष्मी सनराइज बैंकले ५ अर्ब ६५ करोड, सिद्धार्थ बैंकले ४ अर्ब १२ करोड र कृषि विकास बैंकले ४ अर्ब ७० करोड ब्याज आम्दानी गरेको छ।

साथै, ग्लोबल आइएमई बैंकले ९ अर्ब २ करोड, सिटिजन्स बैंकले २ अर्ब ८३ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ८७ करोड, एनएमबी बैंकले ३ अर्ब ७४ करोड, प्रभु बैंकले ४ अर्ब ७६ करोड र सानिमा बैंकले ३ अर्ब ब्याज आम्दानी गरेको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने